उपत्यकाका प्रजिअको बैठकः सार्वजनिक ठाउँमा भेला हुन, मेला तथा महोत्सव नगर्न अनुराेध

रिपोर्ट नेपाल | 2022 Jan 11 | 05:44 pm 1649

काठमाडौं, पुस २७ः उपत्यकाका सार्वजनिक ठाउँमा भेला हुन रोक लागेको छ । मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को संयुक्त बैठकले सार्वजनिक ठाउँमा २५ जना बढी भेला हुन नदिने निर्णय गरेको हो ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार मध्यराति १२ बजेदेखि यो निर्णय कार्यान्वयन हुनेछ । सँगै बैठकले मेला, महोत्सव र राजनीतिक कार्यक्रम नगर्न अनुरोध गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.