उपचार गर्न नौ हजार शैय्या तयार गर्ने

रिपोर्ट नेपाल | 2020 Aug 29 | 07:42 am 3016

काठमाडाैं, भदाै १३ः काठमाडौं उपत्यकामा दिनहुँ कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित बढेसँगै सरकारले तिनको उपचार गर्न नौ हजार शैय्या तयार गर्ने भएको छ । तीमध्ये अधिकांश शैय्या आइसोलेसनका लागि तयार भइसकेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ती शैय्यामध्ये लक्षण भएका सङ्क्रमितको उपचार गर्न दुई हजार र बाँकी सात हजार लक्षण नभएका सङ्क्रमितलाई आइसोलेट गर्न तयार गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका कोभिड–१९ इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस)का प्रमुख डा. गुणराज लोहनीले मन्त्रालयले सरकारी, निजी अस्पताल तथा अन्य भवन प्रयोग गरी आइसोलेसन सेन्टर तथा उपचारस्थल तयार पारेको जानकारी दिए । उनले नौ हजारमध्ये झन्डै ७० प्रतिशत शैय्या प्राप्त भइसकेको भन्दै बाँकी शैय्या थप्न आवश्यक अनुमगन तथा तयारी भइरहेको जानकारी दिए।

उनले आइसोलेसनका लागि डेढ अर्ब रुपियाँ बजेट छुट्ट्याइएको जानकारी दिए । उक्त रकम भवनको भाडाबाहेक हो । यो सरकारको नीतिअनुसार काम भएको हो, डा. लोहनीले गोरखापत्रसँग भने, सङ्क्रमितको सङ्ख्या दैनिक बढेसँगै आइसोलेसन सेन्टरको पनि व्यवस्था गर्नुपर्ने हुन्छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.