उपचारमा पत्रकारलाई ५० प्रतिशत छुट

रिपोर्ट नेपाल | 2018 Oct 11 | 06:08 pm 3784

बाँके, असोज २५ : कोहलपुरमा सञ्चालित दन्त अस्पतालले उपचारका क्रममा पत्रकारलाई ५० प्रतिशत छुट दिने भएको छ ।

अस्पतालमा मुख तथा दाँतको उपचारमा पत्रकारलाई उक्त छुट व्यवस्था गरिएको अस्पताल प्रमुख गजेन्द्रबहादुर शाहीले जानकारी दिए । दश श्ययाबाट सेवा प्रारम्भ गरिएको उक्त अस्पतालमा थप सुविधासमेत बढाउँदै लैजाने योजनामा आफूहरु रहेको प्रमुख शाहीले बताए ।

न्यूरोडमा स्थापना गरिएको अस्पतालमा दाँतसम्बन्धी सम्पूर्ण रोगको विशेषज्ञ सेवा उपलब्ध गराइनेछ । उपचारमा मुक्तकमैया, लोपोन्मुख जातजाति, भूमिहीन, सुकुम्बासी, एकल महिला तथा ज्येष्ठ नागरिकलाई समेत ५० प्रतिशत छुट गराउने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.