भैरहवा, मंसिर ५ः उद्योग व्यापार सङस्गठन रुपन्देही (प्रस्तावित सिद्धार्थ चेम्बर अफ कमर्स) रुपन्देहीको आयोजना तथा आन्तरिक राजस्व कार्यालय भैरहवाको संयोजनमा भैरहवामा उद्योगी व्यवसायीलाई करदाता शिक्षा दिइएको छ । दसौँ राष्ट्रिय कर दिवस तथा राष्ट्रिय कर सप्ताह–२०७८ को अवसरमा करदाता शिक्षा दिइएको कार्यक्रम संयोजक केशवराज ज्ञवालीले बताए ।
कार्यक्रममा बोल्दै आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृृत मुक्तिराम आचार्यले राष्ट्रको विकासमा करको योगदान उच्च रहेको बताए । प्रमुख कर अधिकृत आचार्यले विभिन्न कार्यक्रमका साथ यस वर्ष राष्ट्रिय कर दिवस तथा राष्ट्रिय कर सप्ताह जारी रहेको बताए ।
उद्योग व्यापार सङस्गठन रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले कर प्रशासन थप जिम्मेवार र उत्तरदायी हुनुपर्ने बताए । उनले कर तिर्ने वातावरणको सिर्जना गरी करदाताको सम्मान हुनुपर्ने बताए ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय भैरहवाका कर अधिकृत गोपाल गिरीले कारोबारको लेखा कसरी राख्ने, बिलबिजक कसरी जारी गर्ने, कति कारोबार हुनेले कस्तो विवरण पेस गर्ने, विवरण तथा कर दाखिला कहिले गर्नेलगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए । गाेरखापत्र दैनिकबाट