उद्धार कार्यमा नेपाली सेना

रिपोर्ट नेपाल | 2021 Nov 11 | 06:25 pm 2225

धनुषा, कात्तिक २५ः धनुषाधाम नगरपालिका वडा नं.६ स्थित महेन्द्र राजमार्गमा बुधबार दाङ्ग, तुलसीपुरबाट बिराटनगरतर्फ जाँदै गरेको ना.६.ख. ७१०२ नम्बरको यात्रु बाहक रात्री बस दुर्घटना भएको हुँदा धनुषा जिल्लामा तैनाथ नेपाली सेना श्री हवाई सुरक्षा तालिम शिक्षालय तथा श्री मेकानाईज्ड ईन्फेन्ट्री शिक्षालयको उद्धार टोली तत्काल परिचालन भई आगलागी भईरहेको बसबाट सिसा फोडी सम्पूर्ण यात्रुहरुलाई
उद्धार गरी गम्भिर घाईते २ जनालाई थप उपचारको लागि लालगढ अस्पताल पठाईएको थियाे ।

साथै, अन्य घाईते मध्ये १२ जनालाई प्राथमिक उपचार गरी नेपाली सेनाको सवारी साधनद्वारा थप उपचारको लागि पुस्पलपुर स्थित स्वास्थ्य केयर सेन्टरमा लगिएको थियो भने बांकी घाईतेहरुलाई नेपाल प्रहरीको जिम्मा लगाईएको थियो ।

दुर्घटना पश्चात उक्त बसमा भएको भीषण आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिईएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.