काठमाडौं, कात्तिक ८ः गायिका तथा उद्घोषिका मञ्जु पौडेललाई मातृशोक परेको छ । गुल्मी जिल्लाको रुरु गाउँपालिकामा बसोबास गर्ने ६३ वर्षीया भगवतीदेवी ज्ञवालीको आफ्नै निवासमा निधन भएको हो ।
विगत लामो समयदेखि क्यान्सर रोगबाट पीडित भगवती ज्ञवालीका ३ छोरी र २ छोरा रहेका छन् । स्वर्गीय ज्ञवालीको पवित्र तिर्थस्थल रिडीको कालिगण्डकीमा अन्तिम संस्कार गरिएको थियो ।
ज्ञवालीको निधन प्रति सहर्ष गणेश फिल्मस् एण्ड एडभरटाइजिङ्ग सर्भिसका प्रबन्ध निर्देशक बिनोद केसीले एक असल अभिभावक गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् ।
निर्देशक केसीले स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारलाई समवेदना समेत प्रकट गरेका छन् ।