पक्की पुलको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने- ‘केही महिनामै काठमाडौंको धुलो र हिलो निमिट्यान्न ‘

रिपोर्ट नेपाल | 2018 Sep 05 | 05:02 pm 4100

सिन्धुली, भदौ २० : नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले अबको केही महिनामै काठमाडौंको हिलो र धुलो निमिट्यान्न पार्ने बताएका छन् । सिन्धुलीको मरिण गाउँपालिकाको वडा नं ३ र ४ जोड्ने मरिणखोलाम निर्माण सम्पन्न भएको पक्की पुलको बुधबार उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् ।

अध्यक्ष दाहालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीच विकास निर्माणका विषयमा छलफल भैरहेकाले अब विकास निर्माणका कामले गती लिने समेत दाबी गरे । सरकार बनेको ६ महिना बढी बित्दा पनि जनतामा कामै नगरेको जस्तो देखाउन प्रतिक्रियावादी षड्यन्त्रकारीहरु लागि परेको अध्यक्ष दाहालको भनाइ थियो । निर्माण सम्पन्न गर्ने अवधिभन्दा डेढ वर्ष अघि नै पुल उद्घाटन गर्न पाउँदा हर्षित भएको भन्दै अध्यक्ष दाहालले ठेकेदार ठग र कर्मचारी घुस्याहा मात्र हुन्छन् भन्नेलाइ सबक मिलेको बताए ।

राम्रो काम गर्नेलाइ पुरस्कृत र नराम्रो गर्नेलाइ दण्डित गर्ने परम्पराको अब थालनी भएको उनले घोषणा गरे । चारसय मीटर लामो पुल समयावधी अघि नै निर्माण सम्पन्न गर्ने कालिका, तुन्डी, रसुवा जेभीलाई मन्त्रालयमै बोलाएर पुरस्कृत गर्ने अध्यक्ष दाहालले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.