उदयपुर, मंसिर ७: उदयपुर क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा लोकतान्त्रिक-वामगठबन्धनका उम्मेदवार रामकुमार खत्री निर्वाचित भएका छन्।
बुधबार सम्पन्न मतपरिणाम अनुसार निर्वाचित खत्रीले १२ हजार ६२७ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार जीवनाथ दाहालले ९ हजार २३६ मत प्राप्त गरेका थिए। दाहाललाई ३ हजार ३९१ मत अन्तरले पराजित गरेका हुन्।
यसअघि खत्री नेकपा एमालेका कला घलेसङ पराजित भएका थिए।