उदयपुर १ (ख) मा कांग्रेसका हिमाल कार्की विजयी

| 2022 Nov 25 | 06:49 pm 1821

उदयपुर, मंसिर ९ः उदयपुरको क्षेत्र नम्बर १ काे प्रदेश सभा ‘ख’मा लाेकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका हिमाल कार्की विजयी भएका छन् ।

कार्कीले उनका प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार ईश्वरमणि राउतलाई २ सय १५ मतको अन्तरले पराजित गराएका हुन् ।

कार्कीले १४ हजार ९ सय ७९ मत प्राप्त गर्दा एमालेका राउतले १४ हजार ७ सय ६४ मत प्राप्त गरेका थिए ।

कार्की नेपाली कांग्रेसका जिल्ला सभापति  तथा प्रदेश १ का सडक पुर्वाधार तथा शहरीविकास मन्त्री समेत हुन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.