उदयपुर प्रशासन कार्यालयद्वारा एकीकृत घुम्ति शिविर सञ्चालन

| 2018 Nov 28 | 09:07 pm 3817

  • तुल मगर

उदयपुर, मंसिर १२ : कतिपय स्थानमा नागरिकले पाउनु पर्ने अधिकारहरु पूर्ण रुपमा अहिलेसम्म पाइरहेको अवस्था छैन । त्यो एउटा भौगोलिक विकटता भनौं या सरकारको वेवास्था तर, स्थानीय सरकार बनेपछि ढिलै भएपिन जिल्ला प्रशासन कार्यालय उदयपुरले सरकारी सेवा नपाएका जनतालाई गाउँगाउँमै पुगि सिंहदरबारको सेवा प्रदान गर्ने उद्देश्यले एकीकृत घुम्ति शिविर सञ्चालन गरेको छ।

जिल्लाको पहाडी क्षेत्र ताप्लि गाउँपालिका, लिम्चुङबुङ गाउँपालिका र कटारी नगरपालिकाका विभिन्‍न स्थानमा शिविर सञ्चालन गरेको छ। गत शुक्रबारदेखि सञ्चालन भएको शिविरमा महिला दुई सय २७, पुरुष एक सय ४४ गरी तीन सय ७१ जनाले नागरिकता प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीले जानकारी दिए।

साथै उक्त शिविरमा जिल्लाका सबैजसो सरकारी कार्यालयले स्थानीयबासीलाई आ–आफ्नो सेवा प्रदान गरेको प्रमुख जिल्ला अधिकारी कार्कीले बताए ।

सरकारी कार्यालबाट दिएका सेवा कृषी कार्यालयबाट ३१ घर , पशु सेवा कार्यालयले २ सय ७२ घर परिवारले भेटनरी सेवा लिएका छन्। त्यस्तै जिल्ला स्वास्थ्य कार्यालयबाट १ सय २० महिला र १ सय ७९ पुरुष गरी २ सय ९९ सय आँखाका उपचार सेवा र अन्य गरी ४ सय २६ जनाले स्वास्थ्य उपचार पाएका छन्। जसमध्ये ५४ जना अर्को स्थानमा उपचार गर्न जान रिफर गरिएको छ । त्यस्तै १ सय ५३ जनाले स्त्रीरोग उपचार सेवा लिएकोमा २६ जनालाई रिफर गरिएको शिविर टोलीका प्रमुख जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कुमारबहादुर खड्काले जानकारी दिए ।

यसै क्रममा अपाङ्ग परिचय पत्र ७७ जनालाई वितरण, फोटोसहितको मतदाता नामावली ३ सय ७१ जनाले बनाएको, एकजनाले घरेलु उद्योग दर्ता गरेको र १६ वटा पसलमा खाद्य पदार्थ गुणस्तर अनुगमन गरिएको खड्काले जानकारी दिए।

शिविर सञ्चालनमा निकायका सम्बन्धित गाउँपालिका र वडा कार्यालयले आवश्यक सिफारिस, कागजात जुटाएर सेवाग्राहीलाई सहयोग गरेका छन्। नगरपालिका र गाउँपालिकाका स्थानीयबाट नागरिकता बनाउन सेवा नपाएको गुनासो आएपछि शिविर सञ्चालन गरेको प्रजिअ कार्कीले बताए। शिविरमा सञ्चालन पश्चात् सेवाग्राहीले घरछेउमै नागरिकतादेखि अन्य सेवा पाउँदा अत्यन्तै खुशी भएको प्रतिकृया दिए । जिल्लाका प्रमुख जिल्ला अधिकारी र अन्य सरकारी कार्यालयका प्रमुखलगायत सबै जना शिविरमै रहेर अनुगमन गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.