उदयपुरमा आगलागी हुँदा लाखौकाे क्षती

रिपोर्ट नेपाल | 2020 Dec 18 | 02:37 pm 1575

उदयपुर, पुस ३ः गएराती उदयपुरकाे चौदण्डीगढी नगरपालिका ९ हडियाको मुसहर्नीयामा आगलागी भएकाे छ । आगलागीबाट स्थानीय हरिबहादुर बस्नेतको घर र ग्वालीगोठ जलेर लाखौ मुल्यको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएकाे हाे ।

आगलागीमा परी बस्नेतकाे ४ वटा खसी र बाख्रा, ५० मुरी धानसंगै अन्य लत्ताकपडा भाडावर्तनसहित १० लाख मूल्य बरावरको सम्पत्ति जलेर नष्ट भएको प्रहरी चौकी हडियाले जनाएको छ ।

आगोलाई चौदण्डीगढी र त्रियुगा नगरपालिकाको वारुणयन्त्रले लामाे समयपछि  नियन्त्रणमा लिएको थियाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.