उदयपुरगढी १ मा बाल मैत्री घोषणाको लागि अन्तिम तयारी

| 2023 Apr 12 | 09:16 pm 2305

  • शंकर रिखाम मगर

उदयपुर, चैत २९ः उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्वर १ बाल मैत्री घोषणाको लागि वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र जाल्पा एकीकृत विकास समाज उदयपुरको साझेदारीमा सन्चालित उदयपुरगढी गाउँपालिका वडा नम्वर १ तावाश्री र जाल्पाको संयुक्त रुपमा टोल वस्ती अभियान आज सम्पन्न गरेको छ ।

No description available.

कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै ५१ वटा सुचकहरु पूरा गरि बालमैत्री घोषणा गर्नु पर्ने सुचकमा ९५ प्रतिशत सुचक पूरा भइसकेको साथै बुलेटिन प्रकाशनका कामहरु बाँकी रहेको जाल्पाका फिल्ड परिचालक केशवकुमार रायाले बताए ।

हाम्रो वडामा बाल विवाह अन्त्य गरिएको छ, बाल क्लव दर्ता प्रकृयाका लागि अन्तिम चरणमा रहेको हुनाले बैशाख महिना भित्रमै बालमैत्री वडा घोषणा गर्दा हुने अनुशिक्षण कार्यक्रममा वडा स्तरिय बाल सन्जालकी उपाध्यक्ष युनिशा चाम्लिङ्गले बताइन् ।

उदयपुरगढी गापा वडा नम्वर १ तावाश्रीको आयोजनामा सन्चालित कार्यक्रममा वडा घोषणाको निम्ति प्राविधिक सहयोगका साथै आर्थिक तर्फ पनि सहयोग गर्न सकिने जाल्पा एकीकृत विकास समाज उदयपुरका अध्यक्ष पुष्पराज पोखरेलले बताउदै अभिलेखिकरण र व्यवस्थापनको पाटो मात्र बाँकी रहेको जाल्पाका अध्यक्ष पोखरेलले जानकारि दिए ।

No description available.

बाल मैत्री वडा घोषणाका लागि गाउँ समुदायले आ–आफ्नो टोल बस्तीमा बालविवाह अन्त्य तथा न्युनिकरण प्रतीवद्धता सम्वन्धी घुम्ती अन्तरक्रिया अनुशिक्षण कार्यक्रम सम्पन्न गरि सकेको बताउदै, सम्पूर्ण टोल बासिहरुले वडा बालमैत्री घोषणाको लागि बाकी घरधुरी, मालपोत र जन्मदर्ता लगायतका अन्य तिर्नुपर्ने दर्ता सम्वन्धिका कामहरु सहज होस भन्नको लागि गाउँ गाउँमा शिविर सन्चालन गत २६ गतेबाट सन्चालनन गरिएको उदयपुरगढी गाउपालिका वडा नम्वर १ का अडाध्यक्ष दिलबहादुर राना मगरले बताए ।

जन्मदर्ता, घटनाना दर्ता, मालपोत, धुरिकर नतिरेमा वडाका सम्पूर्ण कार्यहरु रोक्का गर्ने पनि अध्यक्ष रानाले बताए । बालमैत्री घोषणा गर्नका लागि बाल क्लब, स्थानीय वुद्धिजिवी लगाएत संघ संस्थालाई आ–आफ्नो तर्फबाट सहयोग गर्न पनि वडाध्यक्ष रानाले अनुरोध गरेका छन् ।

उक्त अनुशिक्षण कार्यक्रम उदयपुरगढी गाउँपालिका वडा नम्वर १ को धुवाजन मावि बाहुनिटारमा स्थानीय जन प्रतिनिधि, शिक्षक, बुद्धिजिवी, बाल संजाल, बालक्लव साथै सहयोगी संघ संस्थाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.