उदयपुर, मंसिर १४: जिल्लाको लिम्चुङबुङ गाउँपालिका ३ बाराहामा एक बालक मृत फेला परेका छन् ।
मृत फेला पर्नेमा लिम्चुङबुङ गाउँपालिका ३ सिम्लेका भरत मगरका ११ वर्षिय छोरा गणेश मगर रहेका छन् ।
शुक्रबार जंगलमा घाँस काट्न गएका बालबालिकाहरुल देखेपछि गाउँलेलाई खबर गरेको लिम्चुङबुङ गाउँपालिका ३ का वडा सदस्य गुरुमणि कुमाइँले जानकारी दिए ।
राईका अनुसार उक्त बालकको विगत ४ वर्षदेखि मानसिक सन्तुलन ठिक नभएको र बालक यही मंसिर ८ गते घरबाट बेपत्ता भएको बताए ।
उनको खोजी कार्य गरेपनि भेटाउन नसकेपछि शुक्रबार मात्र मृत अवस्थामा भेटिएपछि प्रहरीलाई खबर गरेको वडा सदस्य कुमाइँले जनाए । मृतक बालकलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल गाईघाट लगिएको बताए ।
पारिवारिक स्रोतका अनुसार बालकको उपचार गर्न अभिभावकले धेरै प्रयास गरेपनि आर्थिक अवस्था कमजोर भएका कारण सुधार हुन नसकेपछि झनै समस्यामा परेका थिए । उपचारको लागि धेरै अस्पताल लगिएपनि भने जस्तो उपचार हुन नसकेपछि बालकलाई घरमै राखेका थिए ।