उत्पादनमा जोड दिन मन्त्री चौधरीको आग्रह

रिपोर्ट नेपाल | 2019 Apr 30 | 09:07 pm 1958

गुल्मी, वैशाख १७: ५ नम्बर प्रदेशका भौतिक विकास मन्त्री बैजनाथ चौधरीले दिगो विकासका निम्ति उत्पादनमा जोड दिन आग्रह गरेका छन् । गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिकाले आयोजना गरेको प्रथम कालिगण्डकी महोत्सवको मंगलबार उदघाटन गर्दै मन्त्री चौधरीले दिगो विकासका निम्ति र युवाहरुलाई स्वदेशमानै रोजगारी सृजना गर्नका निम्ति उत्पादनमा जोड दिन आग्रह गरेका छन् ।

मन्त्री चौधरीले प्रदेश सरकारले विकास र सडक संजालका निम्ति विस्तृत खाका तयार गरी अगाडी बढेको बताउदै प्रदेशलाई नमुना प्रदेश बनाउने योजना रहेको बताए । ५ नं प्रदेशमा कृषि, पर्यटन र पशुपालनका निम्ति धेरै संभावना भएको भन्दै यसलाई नै आधार मानेर अगाडी बढने बताए । कालिगण्डकी करिडोरले कालिगण्डकी गाउँपालिकाको आर्थिक विकासमा ठुलो टेवा पुगेको भन्दै उत्पादनमा जोड दिई भरपुर आर्थिक लाभ लिन आग्रह गरे ।

प्रदेशको मुख्य मन्त्री ग्रामिण विकास कार्यक्रम गुल्मी जिल्लाका मालिका, मदाने र कालिगण्डकी गाउँपालिकामा लागु भएकाले यस कार्यक्रमले पनि यस क्षेत्रका जनताहरुको आर्थिक विकासमा अगाडी बढने विश्वास पनि व्याक्त्त गरे । मन्त्री चौधरीले २८ गते सम्म चल्ने महोत्सवको भव्य सफलताको शुभकामना व्याक्त्त गरे ।

कुषि, पर्यटन तथा व्यापारको प्रचार प्रसार संगै कालिगण्डकी गाउँपालिकालाई कुषि, पशुपालन र पर्यटनका हिसाबले नमुना बनाई युवाहरुलाई स्वदेशमानै रोजगारी सृजना गर्ने गरी गाउँपालिका अगाडी बढेको गाउँपालिकाका प्रमुख बेद थापा मगरले जानकारी दिए ।

महोत्सवले गाउँपालिकाले लिएको नीतिमा पनि टेवा पुग्ने थापाको विश्वास छ । कालिगण्डकी गाउँपालिकाको आयोजना र कालिगण्डकी युवा क्लबको सह आयोजनामा महोत्सव आगामी २८ गते सम्म संचालन हुने गाउँपालिकाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.