उडेको ५ मिनेटमै दुर्घटनामा पर्‍यो १०१ जना सवार विमान

रिपोर्ट नेपाल | 2018 Aug 01 | 07:52 am 2014

काठमाडौं, साउन १६: मेक्सिकोमा १०१ जना सवार विमान दुर्घटनामा परेको छ। मेक्सिकोको दुरंगो ग्वादालुपे भिक्टोरिया अन्तर्राष्ट्रिय विमानस्थलबाट मेक्सिको सिटीतर्फ उडेको विमान दुर्घटना भए पनि मानवीय क्षति हुनबाट भने जोगिएको छ।

उडेको ५ मिनेटमै दुर्घटनामा परेको विमानका ८५ जना यात्रु घाइते भएको जनाइएको छ । घाइतेमध्ये २ को अवस्था गम्भीर छ।

विमानमा ९७ यात्रु र ४ जना चालक दलका सदस्य सवार थिए।

दुरंगो राज्यका गभर्नर जोसे एस्पुरोले एक ट्वीट गर्दै मानवीय क्षति नभएको जनाएका छन्। बीबीसीका अनुसार उनले ८५ घाइतेमध्ये २ को अवस्था गम्भीर रहेको बताएका छन् ।

विमान उडेको केही समयपछि नै विमानस्थलभन्दा १० किलोमिटर पर दुर्घटना भएको थियो ।

विमानस्थलका अपरेटरले खराब मौसमका कारण विमान दुर्घटना बताएका छन् । मौसम खराब भएपछि विमान घाँसे मैदानमा अवतरण गराइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.