उच्च अदालतका सात न्यायाधिशको सरुवा

| 2023 Sep 17 | 06:11 pm 2037

काठमाडाैं, भदाै ३१ । न्याय परिषद्ले सात उच्च अदालतका न्यायाधिशको सरुवा गरेको हो । आज बसेको न्याय परिषद्को बैठकले सरुवा गर्ने निर्णय गरेको हो ।

सरुवा हुने न्यायाधिशहरुमा उच्च अदालत जनकपुर विरगंज इजलासका सारदा सुवेदीलाई उच्च अदालत जनकपुर सरुवा गरिएको छ । त्यस्तै डा‍. रत्न बहादुर बागचन्दलाई उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासबाट उच्च अदालत तुल्सीपुरको जिम्मेवारी दिइएको छ । बलभद्र बास्तोलालाई उच्च अदालत विराटनगर धनकुटा इजलासबाट जनकपुर दरबन्दी कायम गरिएको छ । बामदेव ज्ञवालीलाई उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासबाट जनकपुर वीरगंज इजलासमा पठाइएको छ ।

त्यसैगरी उच्च अदालत विराटनगर काजमा रहेका रामबहादुर थापालाई उच्च अदालत विराटनगर धनकुटा इजलासमा जिम्मेवारी सुम्पीएको छ । निलम पन्तलाई उच्च अदालत पोखरा बागलुङ इजलासबाट उच्च अदालत जनकपुर विरगंज इजलासमा खटाइएको छ । उज्ज्वल शुक्ललाई उच्च अदालत पोखराबाट उच्च अदालत दिपायल महेन्द्रनगर इजलासमा सरुवा गरिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.