काठमाडौँ, मंसिर २० : घटबढ हुँदै आएको शेयर बजारमा बुधबार उच्च बिन्दुले घटेको शेयर बजार आज बिहिबारभने थोरै अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक दुई दशमलव सात बिन्दुले घटेको छ । ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ५४ बिन्दुले घटेको छ ।
सामान्य बढेको शेयर बजारमा कारोवार रकममा भने वृद्धि भएको छ । कूल १ सय ६२ कम्पनीको १३ लाख ७४ हजार ३ सय ४६ कित्ता शेयर ३७ करोड नौ लाख ७१ हजार ९ सय ३६ मूल्यमा खरीद बिक्री भएका छन् । कारोवार हुने साताको अन्तिम दिन बिहिबार दुई उपसमूहको मात्रै शेयर घटेको छ । जलविद्युत् नौ दशमलव ८१ र उत्पादन दुई दशमलव ६२ बिन्दुले घटेको छ ।
बैंकिङ दुई दशमलव ५५, होटल शून्य दशमलव ६५, विकास बैंक तीन दशमलव ३१, वित्त शून्य दशमलव ७९, निर्जीवन बीमा ३५ दशमलव ५९, अन्य शून्य दशमलव ८७, लघुवित्त शून्य दशमलव ५४ र जीवन बीमा ४४ दशमलव शून्य सात बिन्दुले घटेको छ । सामान्य बढेको बजारमा आइएमइ जनरल इस्योरेन्स, अपि पावर कम्पनी, सूर्य लाइफ इन्स्योरेन्स, पोखरा फाइनान्स, गुराँस लाइफ इन्स्योरेन्स, विजय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् ।
कालिका लघुवित्त वित्तीय संस्था, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था, यूनाइटेड मोदी हाइड्रो पावर, काबेली विकास बैंक, रैराङ हाइड्रो पावर कम्पनी, आरम्भ माइक्रो फाइनान्स वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् ।