- महेश सिंह
सिरहा, पुस १५ ई डिजिटल नेपालले देशैभरी रहेका सरकारी तथा निजी विद्यालयलाई डिजिलाईज गर्ने अभियान चलिरहेको छ ।
वेष्ट स्टार्ट अप आई सी टी सम्मान शिक्षामन्त्रि गिरिराजमणि पोख्रेलबाट पाई सकेको र अहिलेको अवस्थामा विद्यालयलाई पारदर्शीता तरिकाले हेर्न सकिने उद्देशले विद्यालयलाई डिजिलाईज गर्ने अभियान चलाएको हो ।
नेपाल भरी ४० हजार शैक्षिक संस्था रहेको र ४ हजार शैक्षिक संस्था पनि डिजिलाईज नरहेको अवसथामा शिक्षामा गुणस्तर ल्याउन ई डिजिटल नेपालले काम गरिरहेको छ ।
नगरपालिका र गाउँपालिकाको शिक्षा शाखालाई स्कूलसँग र स्कूललाई अभिभावकसँग भएको दुरीलाई कम गर्न डिजिलाईज स्कूल म्यानेजमेन्ट टुल्सको प्रयोगले मदत पुग्ने ई डिजिटल नेपालको संस्थापक र मर्केटीङ डायरेक्टर वसन्त गुप्ताले बताए ।
नेपालको पूर्वमा मेचि, कोशि, झापा देखि पश्चिममा कैलालि कन्चनपुर गरी अहिले सम्म पाँच सय भन्दा बढी शैक्षिक संस्था डिजिलाईज भईसकेको छ भने हाल सुनसरीको ईनरुवा सप्तरीको बोदेवरसाईन, रुपनि, सिरहाको धनगढीमाई नपा, कर्जनहा नपा औरही गापा र विष्णुपुर गापामा सम्मपन्न गरी अहिले चन्द्रनिगााहपुरमा डिजिलाईज गर्ने काम भईरहेको गुप्ताले जानकारी दिए ।
स्कूलको लागि म्यानेजमेन्ट सफ्टवेयर र मोवाईल एप्पसमा रहेको गार्जेन एप्प, स्टुडेन्ट एप्प, टिचर एप्प र फउन्डर तथा हेडमास्टर एप्प भएको म्यानेजमेन्ट टुल्सले कुनै पनि जानकारी लिनमा मा सहयोग पुग्ने ई। गुप्ताले बताउनु भयो ।
त्यस्तै नगरपालिका शिक्षा शाखाको लागि स्कूल मोनोटरिङ्ग एप्पस, मेयरको लागि मेयर एप्पस रहेको छ । यो डिजिलाईज तरिकाबाट नपाले कक्षा आठको वोर्ड परिक्षाको रिज्लट पनि निकाल्न सक्ने छ ।
कार्यालयमा को उपस्थित छ छैन हेर्न सकिने । आय व्यय हेर्न सकिने र कुनै पनि स्कूलको स्कूल म्यानजमेन्ट सिस्टम हेर्न सकिने छ । अगामी २०२० मा २०२० ओटा शैक्षिक संस्थालाई डिजिलाईज गर्ने लक्ष्य रहेको र २०२० को जनवरीबाट काम सुरु गर्ने गुप्ताले बताए ।
डिजिटल कक्षा कोठाका लागि अनि नोकरी दिन्छु भन्दा नोकरी दिन सक्ने उद्देशले गर्यौ भने अबको दश वर्षपछि बीस लाख विदेशिएका लेपाली यूवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन नेपाल प्लेट फर्मको लागि सर्भे भइरहेको र एक करोड नेपालि नागरिकलाई दक्ष जनशक्तिबनाउनलाई नागरिकता एप्पसको लागि काम भइरहेको गुप्तले जानकारी दिए ।