इ –पासपोर्ट प्रणालीले राज्यकोषमाथि झण्डै एक अर्ब व्ययभार

रिपोर्ट नेपाल | 2019 Sep 26 | 07:14 am 1506

काठमाडौं, असाेज ९: परराष्ट्र मन्त्रालयमातहतको राहदानी विभागले खरिद गर्न लागेको इ –पासपोर्ट प्रणालीले राज्यकोषमाथि झण्डै एक अर्ब अनावश्यक व्ययभार पर्ने देखिएको छ।

विभागले इ–पासपोर्ट खरिदका लागि डेढ महिनाअघि गरेको अन्तर्राष्ट्रिय बोलपत्र (आइसीबी) मार्फत ‘अटोमेटेड बायोमेट्रिक आइडेन्टिफिकेसन सिस्टम’ (एबिआइएस) पनि किन्न खोजेकाले राज्यकोषमाथि करिब एक अर्ब अतिरिक्त भार थपिने भएको हो ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले खरिद गरिसकेको प्रणाली कमिसनको चक्करमा राहदानी विभागले पनि खरिद गर्न खोजेको भन्दै उच्च सरकारी अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन्। पञ्जिकरण विभागले झण्डै एक अर्ब रुपैयाँ हालेर यस्तो सिस्टम खरिद गरिसकेको छ। नागरिक न्युज दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.