इस्मामा आगलागी घरगोठ जलेर नष्टः आगलागी नियन्त्रण बाहिर 

रिपोर्ट नेपाल | 2021 Apr 15 | 06:13 pm 2085

  • सन्तोष महतारा

गुल्मी, बैशाख २ः  इस्मा गाउँपालिका वडा नम्बर ६ अम्मरपुरमा आगलागी हुदा घरगोठ जलेका छन् ।  अम्मरपुरको जैथुम बागदुलामा  जंगलबाट सल्केर धन बहादुर बिकको घरगोठ जलेर पुर्ण रुपमा नष्ट भएको स्थानीय रेशम कुँवरले जानकारी दिए।

त्यसैगरी बहादुर बिक, टिका बहादुर चुदाँरा र नम बहादुर चुदाँराको गोठ जलेर नष्ट भएको छ  । आफूहरु आगलागी भएको ठाउँमा भएपनि नियन्त्रणमा लिन नसकिएको कुँवरले जानकारी दिए ।

आगलागीका कारण ४ बङ्गला पुर्णरूपमा क्षती भएका छन् । आगलागी दिउँसो १२ बजेबाट जंगलमा लाग्न सुरु गरेको थियो ।

आगो नियन्त्रण बाहिर छ । हावाहुरीका कारण आगलागी नियन्त्रण बाहिर रहेको स्थानीय रेशम कुँवरले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.