इलाम कारागारमा बिरामीकाे संख्या बढ्याे

रिपोर्ट नेपाल | 2019 Sep 22 | 10:35 am 1673

इलाम, असाेज ५: इलाम कारागारमा रहेका कैदीबन्दी बिरामीको संख्या ह्वात्तै बढेकाे छ । कारागारमा एकदिन अघि (शक्रबार) बिरामीकाे संख्या ७६ थियाे भने, शनिबार संख्या बढेर १ सय ५७ पुगेको कारागार शाखा प्रमुख प्रदीप श्रेष्ठले जानकारी दिए ।

कारागारको आफ्नै सवारी साधनकाे पर्याप्त सुविधा नहुँदा र एकैचोटी धेरै जना बिरामी हुँदा उपचारका लागि अस्पताल पुर्याउन समस्या भएको कारागार प्रशासनले बताए ।

अस्पतालका चिकित्सले दिएकाे जानकारी अनुसार बिरामिहरूलाई ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकी लाग्ने जस्ता लक्षण देखिएका छन् ।

एकै चाेटी धेरै जना कैदीबन्दी बिरामी परेपछि अस्पताल लैजान कठिनाइ भएकाले चिकित्सकनै बोलाएर बिरामी कैदीबन्दीकाे कारागारभित्रै राखेर सामान्य उपचार भइरहेको कारागार शाखा प्रमुख श्रेष्ठले बताए ।

सामान्य भन्दा जटिल किसिमका बिरामीलाई अस्पताल लगेर उपचार गरिने उनकाे भनाइ छ । उक्त कारागारमा १ सय पुरुष र २५ महिलाको क्षमता रहेकोमा अहिले २ सय ३८ पुरुष र २३ महिला कैदीबन्दी रहेको कारागारले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.