इरानमा कार्गो विमान दुर्घटना, १० जनाको मृत्यु

रिपोर्ट नेपाल | 2019 Jan 14 | 02:47 pm 2114

काठमाडौं,  पुस ३० :  कार्गो विमान दुर्घटना हुँदा सोमबार इरानमा १० जनाको मृत्यु भएको छ ।

धावनमार्गमा विमान दुर्घटना हुँदा १० को मृत्यु भएको स्थानीय सञ्चारमाध्यहरुले उल्लेख गरेका छन् । सञ्चारमाध्यमले जनाएअनुसार मध्यम आकारको ’वोइङ्ग ७०७’ जहाज किर्गीस्तानबाट यात्रा शुरु गरेको थियो ।

अलबोर्ज प्रदेश नजिकै रहेको पायाम अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा जहाज दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.