इपिएस काेरियन भाषा परीक्षामा १ सय ५६ जना नक्कली परीक्षार्थी पक्राउ

रिपोर्ट नेपाल | 2019 Jun 09 | 05:55 pm 2047

काठमाडौं, जेठ २६:  शनिबार र आइतबार संचालन भएकाे रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरिया जान लिइएको भाषा परीक्षामा ८ हजार १ सय ४१ जना अनुपस्थित भएका छन् ।त्यस्तै  अर्काको नाममा परीक्षा दिन आउने १ सय ५६ जना पक्राउमा परेका छन् ।

यस वर्षको कोरियन भाषा परीक्षाका लागि ९२ हजार ३ सय ५६ ले आवेदन दिइएकोमा ८४ हजार २ सय १५ मात्रै परीक्षामा सहभागी भएका थिए । यस परीक्षाकाे  नतिजा असार १३ मा आउने बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.