इन्सपेक्टरसँग कसिन राधाले लगनगाँठाे

रिपोर्ट नेपाल | 2023 Jun 22 | 03:29 pm 344817

काठमाडौं, असार ७ । नेपाली शेयर बजारकी चर्चित खेलाडी मानिने राधा पोखरेलले लगनगाँठो कसेकी छिन् । पोखरेलले नेपाल प्रहरीमा कार्यरत एक अधिकृतसँग विवाह गरेकी हुन् । चन्द्रागिरी नगरपालिका निवासी बिष्णु पौडेलसँग उनको विवाह भएको हो ।

बिशाल बजार कम्पनीकी सञ्चालक समेत रहेकी पोखरेल सेयर बजारको मुद्धामा लामो समयदेखि सक्रिय रुपमा लागि रहेकि छिन् ।

पोखरेल नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष समेत हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.