इन्द्रजात्राको दर्शन गर्न राष्ट्रपति पाैडेल हिँडेरै पुगे

| 2023 Sep 28 | 03:53 pm 1345

काठमाडौं, असोज ११ ।  राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई सास्ती हुने भन्दै इन्द्रजात्रामा सहभागी हुन हिँडेरै जात्रास्थलमा पुगेका छन् । इन्द्रजात्रामा राष्ट्रप्रमुख हिँडेर पुगेको यो पहिलो पटक हो ।

हनुमानढोका वसन्तपुरबाट सुरु हुने इन्द्रजात्रामा सहभागी हुन राष्ट्रपति पौडेल जुद्ध शालिकमै गाडीबाट ओर्लेर हिँड्दै पुगेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले निर्वाचित भए लगत्तै आफूले कुनै समारोहमा सहभागी हुन जाँदा जनतालाई सास्ती हुने गरी नजाने प्रतिबद्धता जनाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.