काठमाडौं, साउन २२: बालुवाटारस्थित इन्टरनेट सेवा प्रदायक सुबिसु कम्पनीको मुख्य कार्यालय भवनमा भीषण आगलागी भएको छ ।
काठमाडाैँ महानगरीय प्रहरीले जनाएअनुसार घटनाबाट ठुलो क्षति भएको अनुमान गरिएको छ । पेट्रोल राखिएको स्थानबाट इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको कार्यालय रहेको भवनमा आगलागी भएको प्रहरीले जनाएको छ ।
मध्यान्ह १२ बजेर ४० मिनेटमा सुरु भएको आगो नियन्त्रणमा लिन काठमाडौं र ललितपुरसहितका दमकल पुगेका छन् । घटनाबारे थप विवरण आउँन बाँकी छ ।