‘इन्काउन्टर’मा परेका अपहरणकारीका आफन्तद्वारा मानवअधिकार आयोगमा उजुरी दर्ता

| 2018 Aug 08 | 03:30 pm 2483

काठमाडौं, साउन २३ : काठमाडौं काँडाघारीका ११ वर्षीय बालक निशान खड्काको हत्यामा संलग्न रहेको आरोपमा प्रहरी इन्काउन्टरमा मारिएका सिन्धुपाल्चोकका गोपाल तामाङ र नुवाकोटका अजय तामाङको परिवारले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गराएका छन् ।

अपहरणकारीलाई प्रक्राउ गरी अनुसन्धान गर्नुको सट्टा हत्या गरेर ‘इन्काउन्टर’ भनेको भन्दै उनीहरु बुधबार राष्ट्रिय मानव अधिकार आयोगको कार्यलय पुगेका हुन् ।

उनीहरुले घटनाको निष्पक्ष छानविनको माग गर्दै लिखित निवेदन दर्ता गराएका हुन् । गोपालका बुवा शुकराम तामाङ र आमा छिन्दोम तामाङ तथा अजयका बुवा निमा तामाङले बुधवार ललितपुरको हरिहरभवनस्थित मानवअधिकार आयोगको कार्यालयमा पुगेर उजुरी दर्ता गराएका हुन् ।

प्रहरीको ‘इन्काउन्टर’मा नुवाकोटका २२ वर्षीय गोपाल तामाङ र सिन्धुपाल्चोकका २३ वर्षीय अजय तामाङको मृत्यु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.