इटाँभट्टाको पर्खाल भत्किदा सप्तरीमा एकको मृत्यु

रिपोर्ट नेपाल | 2023 Mar 28 | 06:05 pm 1429

सप्तरी, चैत १५ः  एक इट्टा भट्टाको पर्खाल भत्किदा सप्तरीमा एक भारतीय मजदुरको मृत्यु भएको छ । घटनामा २ जना मजदुर गम्भिर घाईते भएका छन् ।

सप्तरीको रुपनी गाउँपालिका २ पिपराही स्थित जेएसआर इट्टा उधोगमा मंगलवार विहान ७ बजेतिर इट्टा निकाल्ने क्रममा अचानक पर्खाल भत्किदा भारतको पश्चिम बंगाल राज्य कुच विहार ग्राम पंचायत अठरजनी निवासी ४५ वर्षिय अलिम अजिमको मृत्यु भएको हो । डिएसपी नरेश कुमार सिंहका अनुसार पर्खालले चेपिएर गम्भीर घाईते भएका उनको स्थानीय गजेन्द्र नारायण सिह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

घट्नामा मृतककी २८ वर्षिय पत्नी भुजिन विवी र सोही ठाँउ निवासी २५ वर्षिय जमालरुलहक घाईते भएका छन । दुबै जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.