इटहरी मेयर चौधरीलाई आत्मालोचना गर्न नेता योगेश भट्टराईकाे आग्रह

रिपोर्ट नेपाल | 2019 Jun 05 | 04:24 pm 2048

काठमाडौँ, जेठ २१ : पत्रकारमाथि दुर्व्यवहार गर्ने इटहरी उपमहानगरपालिकाका मेयर देवारिकालाल चौधरीलाई नेकपा नेता  योगेश भट्टराईले आत्मालोचना गर्न आग्रह गरेका छन् । बुधबार सामाजिक सञ्जाल  फेसबुकमा सार्वजनिक पदमा रहेकाले पदीय गरिमा र पार्टीको प्रतिष्ठाप्रति सचेत रहन अनुराेध गर्दै क्षमायाचना गर्न आग्रह गरेका हुन् ।

उनले  फेसबुकमा लेखेका छन्, ‘इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकालाल चौधरीलाई अनुरोध- द्वारीकजीको हक्की स्वभाव, प्रस्ट वक्ता र इमान्दारिताको पहिलेदेखि नै प्रशंसक हुँ । तर केही दिन यता उहाँले पत्रकार र अन्य कतिपय व्यक्तिहरूका बारेमा सार्वजनिक भएका अभिव्यक्ति स्वयम् उहाँले धारण गर्नुभएको सार्वजनिक पद, उहाँले प्रतिनिधित्व गर्नुभएको पार्टी ( नेकपा) र स्वयम् उहाँको राजनीतिक उचाइका लागि कदापि सुहाउँदैन । तसर्थ आफ्ना भनाई प्रति सार्वजनिक रूपमा आत्मालोचना गरी पदीय गरिमा र पार्टीको प्रतिष्ठाप्रति सचेत रहन मेयर द्वारीक चौधरीलाई म विनम्र अनुरोध गर्दछु ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.