इटहरीका मेयर द्वारिकलालले फेरि माफी मागे

रिपोर्ट नेपाल | 2019 Jun 21 | 07:02 pm 2238

सुनसरी, असार ६ :  इटहरीका मेयर द्वारिकलाल चौधरीले एक महिनाको बीचमा फेरि माफी मागेका छन्। उनले महिला दिदीबहिनीसँग माफी मागेका हुन् । बुधबार इटहरीको एक कार्यक्रममा बोलेको आपत्तिजनक भनाइप्रति दुःख ब्यक्त गर्दै उनले क्षमायाचना गरेका हुन् ।

प्रमुख चौधरीले विज्ञप्ती निकालेर त्यो कार्यक्रममा आफूले बोलेका केही शब्दहरुले तमाम नेपाली आमा दिदीबहिनीको भावनामा चोट परेकोमा दुःख ब्यक्त गर्दै क्षमायाचना गरेको जनाएका छन्। उनले इटहरीको समृद्धि र विकास महिला दिदीबहिनीको सहयोगबिना सम्भव नभएको बताएका छन्। मेयरले इटहरीको विकास र समृद्धिमा महिला दिदीबहिनीको महत्वपूर्ण साथ सहयोगका लागि आह्वान गरेका छन्।

विज्ञप्तीमा इटहरी उपमहानगरपालिका इटहरीका बेथिति, कुरीति र भ्रष्टाचारविरुद्ध लडिरहेको जनाएका छन् । इटहरीमा मौलाउँदो यौनधन्दालाई नरोकी समुन्‍नत इटहरी निर्माणको परिकल्पना अधुरो रहने पनि उनले जिकिर गरेका छन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.