इटहरीका मेयरले अव कालोमोसो र टिन ठटाएर भगाउँने !

रिपोर्ट नेपाल | 2019 Jun 05 | 02:07 pm 2267

काठमाडौं, जेठ २२:  पत्रकारको नाकक डाँडी भाचिदिन एक करोड नगद र एउटा घडेरी छुट्टाएको अभिव्यक्ति दिएर चर्चामा रहेका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले अदालत, प्रहरी प्रशासन आफ्नो अगाडी बुर्जुवा भएको र भष्ट्राचार गर्ने र गलत समाचार सम्प्रेषण गर्ने पत्रकारलाई भौतिक कारबाहीबाटै तह लगाउने चुनौती दिएका छन् ।

पत्रकारले गलत गरे उजुरी गर्ने र कारबाही गर्ने निकाय छ त भनि राखिएको जिज्ञासामा मलाई नियम कानुन पढाउने होइन म वर्षौं देखि राजनीति गर्दै आएको छु भन्दै चिनमा झुण्डाउने कानुन भएको स्मरण गराए । आफ्नो डिस्नेरीमा गलत गर्नेलाई कालोमोसो लगाउने र टिन ठटाएर धपाउने बाहेक अन्य नभएको भन्दै मेयर चौधरीले नेपालको ऐन नियम र कानुनको समेत धज्जी उडाएका छन् ।

आफ्नो विरुद्ध आफ्नै पार्टीका रामप्रसाद चौलागाई नियोजित किसिमले लागेको भन्दै आफूलाई बदनाम गराएर अर्को पटक मेयर बन्ने सपनालाई चकनाचुर पारिदिने पनि चौधरीले किटानका साथ बताएका छन् । आफ्नो भनाई नमान्नेलाई लातले तह लगाउने गर्वका साथ भन्ने मेयर चौधरीले छिट्टै केही कर्मचारीलाई पनि लात लगाएर निकाल्ने बताए ।

भ्रष्ट्र कर्मचारीलाई कानुनले जे सुकै भनोस आफूले अगरबत्ती र फूलमाला लगाएर होइनकी लात लगाएर निकाल्ने कुरा पनि मेयर चौधरीले गर्वका साथ बताए । अड्डा अदालत चाहिदैन त भन्दा आफ्नै पार्टीका अध्यक्ष प्रचण्ड प्रति इंकित गर्दै २०५२ फागुन १ गतेदेखि उहाँहरुले के गर्नुभयो र अहिले कहाँ हुनुहुन्छ त्यो हेर्न पत्रकारलाई मेयर चौधरीले चुनौती दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.