इजिप्टमा २० जियादी मारिएको दाबी

रिपोर्ट नेपाल | 2018 Aug 30 | 07:41 am 4235

कायरो, भदौ १४: इजिप्टको सेनाले सुरक्षा कारबाहीका क्रममा २० जना जियादीको मृत्यु भएको दाबी गरेको छ।

सेनाको पछिल्लो सुरक्षा कारबाही पश्चिमी डिजर्ट र सिनाइ पेनिन्सुलामा सञ्चालन गरेको समाचारमा जनाइएको छ।

जियादीहरुले लिबियासँगको सीमा क्षेत्रमा अवरोध गरेकाले सेनाले केही दिनदेखि सुरक्षा कारबाही बढाएको सैन्य अधिकारीले जनाएका छन् ।

यस वर्ष चलाइएको सुरक्षा कारबाहीमा परी अहिलेसम्म झण्डै ३०० शङ्कास्पद जियादी र त्यस क्रममा करीब ३५ जना सुरक्षाकर्मी मारिएको सैन्य अधिकारीहरुले जनाएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.