काठमाडौं, मंसिर २६ / इजरायलमा राेजगारी लगाइदिने भन्दै एउटा गिराेह सक्रिय भएको वैदेशिक राेजगार विभागले जनाएको छ।६ देखि १२ लाख लिएर बैंकककाे बाटो लैजाने भन्ने ठगि गर्ने गिराेहकाे पहिचान गरि कारवाहीकाे थालनी भएको भन्दै विभागले ठगबाठ सचेत रहन आग्रह गरेको छ।
विभागले नेपाल र इजरायल सरकार विच सम्पन्न सम्झौता अनुसार मात्रै त्यहाँका दिर्घकालिन स्याहार केन्द्रमा काम गर्ने अनुमति दिएको जनाएको छ।कृषि क्षेत्रमा श्रमिक लैजाने विषयमा छलफल भई रहेको पनि जनाइएको छ।