काठमाडाैं, असोज २१ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाले इजरायलमा भएको आक्रमणमा परी करीव १ दर्जन घाइते र आक्रमणकारीबाट केही नेपालीलाई कब्जामा लिएको घटनाप्रति ध्यानाकर्षण भएको र घटनाको भ्रत्सना गर्दै गहिरो चिन्ता व्यक्त गरेका छन् ।
सभापति देउवाले इजरायलमा विभिन्न कारणले बसोबास गर्दै आएका नेपालीको यकिन तथ्याङ्क पत्ता लगाई उनीहरुको जीवन रक्षा र तत्काल सुरक्षित स्थानमा पुर्याउनका साथै आवश्यक उद्दार गर्ने र यथासम्भव स्वदेश फर्काउनका लागि नेपाल सरकारले अविलम्ब कुटनीतिक पहल गर्न सरकार समक्ष जोडदार माग गरेका छन् ।
सभापति देउवाले अफ्ठयारोमा परेका नेपालीहरुलाई दुतावास एवं नेपाली जनसम्पर्क समितिमा सम्पर्क गर्न समेत आव्हान गरेका छन् ।
