इङ्ल्याण्ड र क्रोएसिया आज भिड्दै, को पुग्ला फाइनलमा?

रिपोर्ट नेपाल | 2018 Jul 11 | 08:10 am 3680

काठमाडौं, असार २७: विश्वकप फुटबलको दोस्रो सेमिफाईनलमा इङ्ल्याण्ड र क्रोएसिया भिड्दै छन्। रुसको लुजनिकी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति पौने १२ बजे सुरु हुनेछ। विजेता टोलीले उपाधिलागि फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ।

इङ्ल्याण्डले सेमिफाईनलमा स्विडेनलाई २-० ले पराजित गरेको थियो। क्रोएसियाले आयोजक रुसलाई टाईब्रेकरमा हराउदै अन्तिम ४ को यात्रा तय गरेको थियो । निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरबाट गरिएको थियो।

क्रोएसियाले क्वार्टरफाईनलमा डेनमार्क र इङल्याण्डले कोलम्बियालाई स्तब्ध बनाएका थिए। दुवै टोली ठुला प्रतियोगितामा मात्र एक पटक भेटेका छन्। सन् २००४ मा भएको युरो कपको समुह चरणमा इङ्ल्याण्डले क्रोएसियालाई ४–२ गोल अन्तरले पराजित गरेको थियो।

दुवै टोली यसअघि ८ पटक भिडेका छन्। जसमा चार पटक इङ्ल्याण्ड विजयी भएको छ। क्रोएसियाले २ खेल जितेको छ। दुई खेल गोल रहित बराबरीमा सकिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.