गुल्मी जेठ २५ः नेपाली कांग्रेसका युवा नेता तथा नेविसंधका पूर्व केन्द्रीय सदस्य मोती भण्डारीको अगुवाइमा गुल्मीको छात्रकोट गाउँपालिकाका विभिन्न वडाका अति विपन्न परिवारलाई आहतमा राहत वितरण गरिएको छ।

लामो समयदेखि लकडाउनका कारण ज्याला मजदुरी गरेर खाने विपन्न परिवारलाई नेविसंघ छत्रकोट रुपन्देही सम्पर्क समितिको आयोजनामा राहत वितरण गरिएको हो ।
राहत वितरणपछि रिपोर्ट नेपालसँग कुरा गर्दै युवा नेता भण्डारीले लकडाउनका कारण अति विपन्न परिवारको चुल्होमा आगो बल्न नसकेको खबर प्राप्त गरेपछि नेविसंघको अगुवाइमा आफै सकृय भएर खाद्यान्न र स्वास्थ्य सामाग्री वितरण गरिएको बताए ।

छत्रकोट गाउँपालिकको वडा नम्बर ३, ५ र ६ का विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको पनि नेता भण्डारीले बताए ।
नेता भण्डारीका अनुसार अग्र स्थानमा रहेर काम गर्ने छत्रकोट गाउँपालिकाका स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी र प्रहरी चौकीलाई पनि सेनिटाइजर, माक्स र साबुन वितरण गरिएको थियो ।
त्यसैगरी सिर्तुङ समाजको आयोजना र नेता भण्डारीको अगुवाइमा खाद्यान्न वितरण गरिएको थियो ।