आस्था राउत प्रहरी नियन्त्रणमा

रिपोर्ट नेपाल | 2020 Jan 27 | 11:46 am 1826


काठमाडौं, माघ १३: त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी र आस्था राउतबीच भएको विवादका कारण सोमबार बिहान राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनलाई महानरीगय प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको हो ।

विवादपछि महिला प्रहरी कर्मचारीले अभद्र व्यवहारको निवेदन दिएकी थिइन् । त्यस पछि प्रहरीले पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयसँग पकाउ पुर्जी जारी गर्न माग गरेको थियो ।

अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा चल्ने भएको छ ।

तर, आस्थाले भने सो दिन भएको घटना आवेगको परिणाम भएको बताइसकेकी छिन् । उनले आफुले प्रहरीलाई नभई प्रहरीले आफुलाई अभद्र व्यवहार गरेको बताउँदै आएकी छिन् ।

उनले आफू सांस्कृतिक कार्यक्रममा भारतको सिक्किममा रहेको र फर्कनेबित्तिकै प्रहरीलाई घटनाबारे जानकारी दिने बताएकी थिइन् ।

राउतलाई आफन्तले महानरीगय प्रहरी परिसर काठमाडौंमा सोमबार बिहान लगेपछि प्रहरीले नियन्त्रणमा लिइएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.