आलमविरुद्धको मुद्दा न्यायाधीश अभावमा स्थगित

| 2024 Jan 14 | 01:29 pm 1617

काठमाडौं ,पुष २९ / जिल्ला अदालत रौतहटका धेरैजसो न्यायाधीश बिदामा भएकाले कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा अन्तिम सुनुवाइका लागि आज तोकिएको पेसी स्थगित भएको छ । आलमविरुद्ध मुद्दाको आजका लागि तोकिएको पेसी स्थगित भएको हो ।

सरकारी वकिल र आलमका वकिलबाट बहस नोट प्राप्त भइसकेकाले रौतहट जिल्ला अदालतले मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकेको थियो । तर धेरैजसो न्यायाधीशहरु बिदामा भएकाले पेसीमा चढेन ।

२०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा बम विस्फोट भएको र पोल खुल्ने डरले बम विष्फोटका घाइतेहरुलाई इँटा भट्टामा हालेर जलाएको आरोप नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आलमलाई लागेको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.