आलमलाई बयानको लागि अदालत लगियो

| 2019 Nov 05 | 12:59 pm 2772

रौतहट, कात्तिक १९: पक्राउ परेका सांसद मोहम्मद आफ्ताब आलमलाई बयानको लागि अदालत लगिएको छ । आलममाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट गरी तीन वटा मुद्दा चलाउने गरी अदालमा मुद्दा दायर भएको छ ।

जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासमा उनको बयान हुन लागेको हो । बयानका लागि आलमलाई अदालतमा उपस्थित गराइसकिएको छ ।

यस्तै घटनाका पीडीतकै पक्षबाट बहश गर्न काठमाडौं वरिष्ठ अधिवक्ता डाक्टर युवराज संग्रौला र दिनेश त्रिपाठीसहित १२ जना कानुन व्यवसायी रौतहट जाँदैछन् । आलमको पक्षमा २८ जना कानुन व्यवसायीले बहस गर्ने भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.