आर्थिक वर्ष २०७५/७६ मा ७६ करोड ८० लाख बढी रकम फ्रिज

| 2019 Jul 24 | 07:57 am 1690

बागलुङ, साउन ८: आर्थिक वर्ष २०७५/७६ को  बागलुङमा  ७६ करोड ८० लाख बढी रकम फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय बागलुङका अनुसार आर्थिक वर्ष २०७५/७६ मा विभिन्न कार्यालयले खर्च नै गर्न नसकेपछि चालू र पुँजीगत दुवैतर्फको गरी ७६ करोड ८० लाख ८० हजार ८ सय ९२ रुपैयाँ रकम फ्रिज भएको हो ।

जिल्लामा गत आर्थिक वर्ष २०७५/७६ मा चालू खर्चतर्फको ५ अर्ब ३ करोड ३३ लाख ७९ हजार रुपैयाँमा असारसम्म ४ अर्ब ७२ करोड २४ लाख २ हजार ५ सय ८१ रुपैयाँ खर्च भएको छ । ३१ करोड ८ लाख ७६ हजार ६ सय ५५ रुपैयाँ फ्रिज भएको छ । यस्तै, पुँजीगततर्फ १ अर्ब ३० करोड ५१ लाख ६६ हजार रुपैयाँमा ८४ करोड ८० लाख ६१ हजार ७ सय ६२ रुपैयाँ खर्च भएको छ भने ४५ करोड ७१ लाख ४ हजार २ सय ३७ रुपैयाँ रकम फ्रिज भएको छ ।

गत वर्ष पुँजीगत खर्चतर्फ सबैभन्दा धेरै रकम डिभिजन सडक कार्यालयको फ्रिज भएको थियो । डिभिजन सडक कार्यालयको १६ करोड ९८ लाख ३१ हजार ३७७ रुपैयाँ फ्रिज भएको छ । पुँजीगत तर्फ ५४ करोड ९२ लाख रुपैयाँ बजेटमा असारसम्म ३७ करोड ९३ लाख ६८ हजार ६ सय २२ रुपैयाँ मात्र खर्च गरेको छ ।

त्यस्तै, पुँजीगततर्फ नयाँ सहर आयोजना बुर्तिबाङको १० करोड ११ लाख बजेटमा असारसम्म २४ लाख ४२ हजार ७ सय १ रुपैयाँ मात्र बजेट खर्च गरेको छ भने ९ करोड ८६ लाख ५७ हजार २ सय ९९ रुपैयाँ बजेट फ्रिज भएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई भवनले ८ करोड खुद बजेटमा असारसम्म ३ करोड १५ लाख ४६ हजार ८ सय ४१ रुपैयाँ खर्च गरेको छ भने ४ करोड ८४ लाख ५३ हजार १ सय ५८ रुपैयाँ फ्रिज भएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाईले ३१ करोड ८२ लाख २९ हजार रुपैयाँ खुद बजेटमा असारसम्म ३० करोड ६३ लाख ९३ हजार ८३ रुपैयाँ बजेट खर्च गरेको छ भने १ करोड १८ लाख ३५ हजार ९ सय १३ रुपैयाँ खर्च बजेट फ्रिज भएको छ । राजधानी दैनिकबाट

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.