पर्सा, मंसिर २७ / वीरगन्जमा आर्थिक बर्ष २०८९/८० मा आर्थिक मन्दीका कारण १ सय ७७ वटा उधोग बन्द भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । कार्यायलका अनुसार आर्थिक वर्ष २०७९/८० मा १ सय ७७ वटा उद्योगले लगत कट्टा गराएका छन् । आर्थिक बर्ष २०७८/७९ मा पर्सामा १ सय ५२ उद्योगले लगत कट्टा गराएका थिए ।
बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योगहरुको धमाधम बन्द भएका घरेलु तथा साना उद्योग कार्यालय प्रमुख धनञ्जयकुमार सिंहले बताए।घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष २०७९/८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएका थिएभने आव २०७८/८९ मा एक हजार ४ सय ८० उद्योग दर्ता भएका थिए ।
आव २०७९ / ८० मा एक हजार २ सय ७५ उद्योगको नवीकरण, १ सय ६५ वटाको पुँजीवृद्धि, ३३ वटाको ठाउँसारी र ८४ वटाको नामसारी भएको सो कार्यालय जनाएको छ । आर्थिक बर्ष २०७९/८० मा रु १ करोड ६ लाख ३९ हजार २५० राजस्व सङ्कलन भएको थियो ।उक्त आर्थिक बर्षमा चार हजार ४६० जनाले रोजगारी पाएको प्रमुख सिंहले बताए।