आर्ट अफ लिभिङ विश्व संस्कृति महोत्सव सम्पन्न

| 2023 Oct 03 | 10:49 am 2229

वासिङ्टन डिसी, असोज १६ । आर्ट अफ लिभिङ संस्थाले सेप्टेम्बर २९ देखि अक्टोबर १ सम्म वासिङ्टन डिसीस्थित नेशनल मलमा विश्व संस्कृति महोत्सव आयोजना गर्यो ।

बिश्वका १ सय ८० भन्दा बढी देशकाबाट उक्त कार्यक्रममा सहभागी हुन बिभिन्न क्षेत्रका उच्चपदस्थ व्यक्तिहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा फिजीका राष्ट्रपति रातु विलियम काटोनिभेरे, सुरिनामका राष्ट्रपति, चान सान्तोखी, संयुक्त राष्ट्र संघका पूर्व महासचिव वानकी मुन, भारतका पूर्व राष्ट्रपति रामनाथ कोविद,उपराष्ट्रपति बेंकैया नायडु, मौरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथ, भारतका विदेशमन्त्री यस जयशंकर, अमेरिकी सिनेटकी पूर्व सभामुख न्यान्सी पेलोसी, लगायत नेपालबाट आर्ट अफ लिभिङका अध्यक्ष सिद्धेश्वर कुमार सिंह, अर्वपति व्यापारी तथा सांसद बिनोद चौधरी, राजेश प्रधान तथा बिश्वका बिभिन्न बिधामा ख्याती कमाएका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

आर्ट अफ लिभिङले आयोजना गरेको विश्व संस्कृति महोत्सवलाई सम्बोधन गर्दै रविशंकरले समाजमा सद्भाव र असल काम गर्ने चाहना धेरै रहेको बताएका थिए । उनले चुनौतीलाई व्यवहारिक रूपमा स्वीकार गरौँ र राम्रो भविष्यको सपना देख्नु पर्ने बताए ।

उनले आगामी पुस्ताले पनि एक परिवारमा खुशी नहुने व्यक्तिले सिंगो परिवारलाई दुखी बनाउन सक्छ र यस्ता कैयौं परिवारले सिंगो राष्ट्रलाई दुखी बनाउने बताउदै भने– यस अवसरमा थप खुशी ल्याउने प्रतिबद्धता गरौं र समाजमा खुशी बाढौं । संसारभरी छरिएर रहेका हामी एउटै परिवारका हौं भन्दै आर्ट अफ लिभिङका संस्थापक रवि शंकरले द्वन्द्वका लागि जीवन निकै छोटो भएको र विश्वलाई व्यावहारिक रूपमा बिभिन्न चुनौतीको सामना गर्न र राम्रो भविष्यको सपना देख्न आह्वान गरे ।

विश्व संस्कृति महोत्सवको उद्देश्य सम्पूर्ण विश्व एउटै परिवार र हामी सबै आफ्नो भिन्नताका साथ मिलेर बस्न सक्छौं भन्ने सन्देश दिनु रहेको बताउदै उनले समाजका सबै क्षेत्रका मानिसले एकसाथ राम्रो काम गर्न सके विश्वको कल्याण हुने पनि उनले बताए ।

विश्वका १ सय ८० देशबाट १ लाख भन्दा बढीको सहभागितामा भएको उक्त कार्यक्रम सो ठाउँमा बिरलै हुने गरेको बताइएको छ ।

उक्त महोत्सवलाई सम्बोधन गर्दै भारतीय विदेश मन्त्री एस जयशंकरले भने– जलवायु परिवर्तन र आर्थिक प्रगति जस्ता ठूला विश्वव्यापी चुनौतिहाई एक्लोपनले प्रभावकारी रूपमा सम्बोधन गर्न नसक्ने भएकाले र विश्वलाई एकसाथ अघि ल्याउन यो कार्यक्रम अझ महत्वपूर्ण रहेको बताए।

उक्त महोत्सवमा विश्वका १ सय ८० देशका १७ हजार कलाकारले आ–आफ्नो देशको कला प्रस्तुत गरेका थिए । नेपालको तर्फबाट २ सय जना कलाकारले आ–आफ्नो प्रस्तुती दिएका थिए ।

उक्त कार्यक्रममा संयुक्त राष्ट्र संघका पूर्व महासचिव बान कि मुनले स्वागत गर्दै यस्ता खालको संस्कृतिले विश्व निर्माणमा पुलको काम गर्ने बताएका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.