आयोजक रुसलाई ३-० गोलले हराउदैँ उरुग्वे बने समुह विजेता

| 2018 Jun 25 | 10:01 pm 3450

समारा, असार ११ : आयोजक रुसलाई ३-० ले पराजित गर्दै उरुग्वे समूह ‘ए’ को विजेता बनेको छ । रुस भने उपविजेताका रुपमा अन्तिम १६ प्रवेश गरेको छ ।

उरुग्वेका लागि लुइस स्वारेजले फ्रिकिकमार्फत टोलीलाई अग्रता दिलाए । त्यस्तै खेलको २३ औं मिनेटमा डेनिस चेरिसेभको आत्मघाती गोलमा उरुग्वेले अग्रता दोब्बर बनाएको हो । रुसका लागि इगोर स्मोलनिकोभले रातो कार्ड पाएपछि रुसले पहिलो हाफ १० खेलाडीमै सकाउन परेको थियो । दोस्रो हाफको ९० औं मिनेटमा एडिन्सन काभानीले गोल गर्दै टोलीको सहज जित सुनिश्चित गरेका हुन् ।

अर्को खेलमा, प्रतियोगिताबाट बाहिरिसकेका साउदी अरेबियाले इजिप्टलाई २-१ ले हराउन सफल रह्यो । मोहम्मद सलाहको गोलमा अग्रता लिन सफल भएको थियो । पहिलो हाफमा साउदी अरेबियाले दुई वटा पेनाल्टी जित्न पनि सफल भएको थियो । पहिलो पेनाल्टी एल हाड्रिले बचाऊ गरे पनि साउदीका लागि दोस्रो पेनाल्टीमा एल फराज चुकेनन् । ४५ वर्षे एल हाड्रि विश्वकपमा खेल्ने सबैभन्दा जेठो खेलाडी पनि बनेका छन् ।

साउदीका लागि अल-डसरीले अन्तिमा मिनेटमा गोल गर्दै साउदीलाई जित दिलाएका हुन् । उरुग्वेको ९ अंक रहेको छ भने रुसको ६ अंक रहेको छ । साउदी अरेबियाले ३ अंक बटुल्न सफल रह्यो भने इजिप्ट अंकविहीन रह्यो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.