आयुक्त पाठकले दर्ता गराए राष्ट्रपति कार्यालयमा राजीनामा

| 2019 Feb 15 | 01:43 pm 2043

काठमाडौं, फागुन ३ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई महाअभियोग लगाउने तयारी भइरहेका बेला पाठकले भने राजीनामा दिएका छन् ।

नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाई दिने भन्दै घुस लिएको कुरा सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त पाठकले राजीनामा दिएका हुन् ।

उनले आज शुक्रबार राष्ट्रपति कार्यालयमा राजीनामा पत्र बुझाएका छन् । राजीनामा स्वीकृत भए नभएको भने यो समाचार तयार गर्दासम्म थाहा हुन सकेको छैन ।

राष्ट्रपति कार्यालयको विशेष स्रोतका अनुसार उनले शुक्रबार ११ बजेर ४७ मिनेट जाँदा राष्ट्रपति कार्यालयमा आफ्नो राजीनामा दर्ता गराएका हुन्। उनको राजिनामा पत्रको दर्ता नम्बर ११४७ रहेको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.