आयल निगम मासिन २९ करोड घाटामा

रिपोर्ट नेपाल | 2018 Oct 02 | 06:52 am 1921

काठमाडौं, असोज १५: नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मासिक घाटा बढेर एक अर्ब २९ करोड पुग्ने तथ्य सार्वजनिक गरेको छ।

निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण निगमको मासिक घाटा बढेको हो।

भारतीय आयल कर्पोरेशनले आज पठाएको पछिल्लो मूल्यसूचीका आधारमा पछिल्लो १५ दिनमा मात्रै रु ६४ करोड ५७ लाख घाटा भएको छ ।

उनका अनुसार पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ४५ पैसा, डिजलमा चार रुपैयाँ ४३ पैसा खाना पकाउने एलपिजी ग्यासमा प्रतिसिलिण्डर ४०४ रुपैयाँ ७३ पैसा घाटा रहेको छ। नेपाल–भारत सीमा क्षेत्रमा नेपालतर्फ पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ ७५ पैसा र डिजल ३० रुपैयाँ १६ पैसा सस्तो रहेको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.