पर्सा, भदाै १७: मंगलबार वीरगञ्जमा १४ बर्षीय एक किशोरले आमा-बुबाले गाली गरेको कारण आत्महत्या गरेका छन् ।
आत्महत्या गर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं २० का नविलाल प्रसादका छोरा गोविन्दप्रसाद चौरसिया रहेका छन् । आमा-बुवाले गाली गरेको कारण देखाउँदै झुण्डीएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
घरमा छोरो पासो लागेर झुण्डिएको अवस्थामा भेटे लगत्तै बुवा नविलालले उनलाई उपचारका लागि नारायणी अस्पताल पुर्याएका थिए ।
अस्पताल पुर्याएको केही समयपछि डाक्टरहरुले गोविन्दलाई मृत घोषणा गरेका थिए । मृतकको पोष्टमार्टम गरी शव परिवारलाई बुझाई सकिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।