गुल्मी, जेठ ७ः बिरामीको सेवामा अग्रस्थानमा बसेर काम गर्ने स्वास्थ्यकर्मीलाई रेसुङ्गा नगरपालिका तमघासकी सिर्जना गौतमले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी छिन् ।
आफ्नी आमा पार्वती गौतमको गत बैसाख २६ गते उपचारका क्रममा गुल्मी तमघास अस्पतालमा निधन भएको तेह्रौं दिनको पुण्य तिथिमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी हुन् ।
नेपाली कांग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठ र सिर्जना गौतमले गुल्मी अस्पतालका डा उत्तम पाच्यालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।
आफ्नो ज्यानको प्रवाह नगरी बिरामीको सेवामा सकृय स्वास्थ्यकर्मीको स्वास्थ्यलाई ख्याल गरी आमाको स्मृतीमा सामाग्री दिइएको सिर्जनाले बताइन् ।
स्वास्थ्य सामाग्री ग्रहण गर्दै डा उत्तम पाच्याले गौतम परिवारलाई धन्यवाद दिएका थिए । हस्तान्तरण गरेका सामाग्रीमा मास्क, सेनिटाइजर, ग्लोब्स र अक्सिजन नाप्ने यन्त्र दिइएको थियो ।