आबुखैरेनीमा तीन सवारी दुर्घटना हुँदा एककाे मृत्यु, एक घाइते

रिपोर्ट नेपाल | 2021 Jul 06 | 04:55 pm 2437

तनहुँ, असार २२ः मंगलबार जिल्लाकाे आबुखैरेनी गाउँपालिका वडा नं. २ एक्लेफाँट स्थित पृथ्वी राजमार्ग सडक खण्डमा सडक दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा आबुखैरेनी गाउँपालिका वडा नं. २ मार्कीचोक बस्ने बर्ष ३१ को दुर्गा भुजेल रहेका छन् ।

आबुखैरेनी तर्फबाट डुम्रे तर्फ आउदै गरेको ना ६ ख ६११८ नं. को ट्रकको दायाँ साईडमा बिपरित दिशाबाट जादै गरेको लु ८ प ८३५३ नं. को मोटरसाइकल ठोक्किन गई उक्त मोटरसाइकल अनियन्त्रित भई पछाडीबाट आउदै गरेको ना ६ ख ४४४७ नं. को ट्रकमा ठक्कर खाई दुर्घटना भएको छ हुँदा भुजेलकाेको घटनास्थलमा नै मृत्यु भएकाे प्रहरीले जानकारी दिएकाे हाे ।

साेही माेटरसाइकलमा पछाडी सवार १७ वर्षीय साजन भुजेलको दायाँ खुट्टामा चोट लागेकाे छ । उनकाे अवस्था भने सामान्य रहेकाे बताइएकाे छ । घाईतेको हाडजोर्नी अस्पताल आबुँखैरेनीमा थप उपचार भईरहेको जनाएकाे छ ।

घटनामा संलग्न ना ६ ख ४४४७ नं. को ट्रक ईलाका प्रहरी कार्यालय आबुखैरेनी तनहुँ, ना ६ ख ६११८ नं. को ट्रक र ट्रक
चालक ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रे तनहुँको नियन्त्रणमा रहेको बनाइएकाे छ ।

उक्त घटनाको घटनास्थलबा लासजाँच मुचुल्का समेतको कार्य सम्पन्न गरी शवको पोष्‍ट मार्टमको लागि दमौली अस्पताल लगिएकाे तनहुँ प्रहरीले जनाएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.