आफ्नै सालो अपहरण गरेर १० लाख रुपैयाँ फिरौती माग्ने भिनाजु पक्राउ

रिपोर्ट नेपाल | 2020 Aug 29 | 07:29 am 2110

बाँके, भदाै १३ः आफ्नै सालो अपहरण गरेर १० लाख रुपैयाँ फिरौती माग्ने भिनाजुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका -१६ जयसपुरका २७ वर्षीय कलिम खाँले रहेका छन्।

खाँले जिल्लाकाे खजुरा गाउँपालिका ५ रजनवा गाउँका १३ वर्षका बालक इसहाक जाकिरलाई ९ भदौमा अपहरण गरेका थिए । अपहरणमा परेका बालकको भने तीन दिनपछि सकुशल उद्दार गरिएको थियाे । खजुरा-५ रजनवा गाउँमा मेला हेर्न गएको बालकलाई कलिमले अपहरण गरी जयसपुरस्थित आफ्नै घरमा बन्धक बनाएका थिए ।

सालालाई अपहरण गरेका कलिमले ससुरालीमा फोन गरेर १० लाख रुपैयाँ फिरौती मागेका थिए । घटनाको पत्तो पाए लगत्तै बालकको खाेजीमा जुटेको प्रहरीले अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ । कलिमको साथबाट प्रहरीले अपहरण गर्न प्रयोग भएको भे ४ प २३४४ नम्बरको सुजुकी कम्पनीको मोटरसाइकल र फिरौती माग्न प्रयोग भएको मोबाइल बरामद गरेको छ।

ससुराली पक्षले १० भदौमा जग्गा किन्नका लागि ४ लाख ८५ हजार रुपैयाँ जम्मा गरेको थाहा पाएपछि सो पैंसाकै लागि कलिमले सालालाई अपहरण गरेको अनुसन्धानमा खुलेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.