काठमाडौं, माघ १५: आफ्नै साथीको हत्या गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नं १६ मुरली पोखरीका ३१ वर्षीय मो फिरोज मिया राईन रहेका छन् ।
उनले सँगै काम गर्ने आफ्नै साथीलाई ललितपुर उप–महानगरपालिका वडा नं ३ धोबिघाट स्थित जय प्रकाश अग्रवालको निर्माणाधिन घरमा घर कुर्नको लागि बसेका बेला ३० वर्षीय सुरेश कुमार साह कानुलाई २०७२ माघ २९ सोही निर्माणाधिन घरमा राती मादक पदार्थ सेवन गरी विवाद हुँदा ईट्टा तथा फलामको रडले प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
हत्या पश्चात् फरार रही भारतमा लुकिछिपी बसेकोमा हाल काठमाडौं आएको भन्ने विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको विशेष टोलिले खोजतलास गर्दा बुधबार काठमाडौंको किर्तिपुर नगरपालिका वडा नं २ देबढोकाबाट नियन्त्रणमा लिई कानुनी कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाईएको बताईएको छ ।